!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ उद्योग वाणिज्य संघ र व्यवसायीहरु विच छलफल तथा अन्तरक्रिया

LCCI News: Posted at 06/25/2023
...

लेखनाथ, ८ असार ।

यहि असार ६ गते देखि लेखनाथ उद्योग वाणिज्य संघले बजारका विभिन्न व्यवसायी र बजार ब्यवस्थापन समितिसँगको  छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
व्यवसायीका समस्या, गुनासाहरुमा कार्यक्रम गर्दै ब्यवसायिका साझा समस्यालाई नितीगत रुपमा नै समाधान देखि सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने उद्देश्यले टोल टोलमा गई सुझाव संकलन तथा अन्तरक्रया  अभियान संचालन गरिएको हो । 
संघद्धारा गठित बजार ब्यवस्थापन समितिको अग्रसरमा मुख्य मुख्य बजार केन्द्रमा पुगी ब्यवसायिसगँ अन्तरक्रिया गर्दै त्यहाँ देखिएका समस्यलाई लिपिबद्ध गर्दै नितीगत रुपमा के गर्न सकिन्छ भन्ने बारेमा लेखनाथ उद्योग बाणिज्य संघ ब्यवसायिको घरदैलोमा पुगेको हो । 
असार ७ गते विहिवार अर्घौ बजार व्यवस्थापन समिति अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा अर्घौ बजारका व्यवसायीहरुले राखेका जिज्ञासाका बारेमा लेखनाथ उ.वा संघका अध्यक्ष छत्रधर आत्रेयले प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संंघका पदाधिकारी लगायत अर्घौका व्यवसायीको सहभागिता रहेको थियो ।  
यसैगरि शुक्रबार तालचोक बजार व्यवस्थापन समितिसँगको  अन्तरक्रृया कार्यक्रममा तालचोक बजार ब्यवस्थापन समितिका पोखरा २७ को तालचोक बजार ब्यवस्थापन समितिका अध्यक्ष सुजन न्यौपानेकोे अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यवहाक अध्यक्ष विनोद श्रेष्ठ,  प्रथम उपाध्यक्ष एवं बजार ब्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझा, द्धितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, महासचिव उपेन्द्रराज सुवेदी (राजु), उपमहासचिव जानुका अधिकारी कोषाध्यक्ष भरतराज ओझाले संघले ब्यवसायिहरुको हक हितका लागि तालिम, ब्यवसायिक परामर्श देखि बजारमा देखिएको पोके ब्यापारीका कारण पर्न गएको असुविधा प्रति सम्वन्धित निकायमा आवज उठाउने र समस्याको दिर्घकालिन रुपमा निवारणका पहल कदमी र सवै व्यवसायीको अपनत्वहुने गरि सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभएको उक्त कार्यक्रममा व्यवसायीहरुले राखेको जिज्ञासा बारे प्रस्ट पारिएको थियो । 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: