!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेउवा संघको स्थापना दिवसमा दौड

LCCI News: Posted at 07/03/2023
...


समाधान संवाददाता
लेखनाथ, १७ असार । लेखनाथ उद्योग बाणिज्य संघको २७ औं स्थापना दिवस तथा २६ औं बार्षिकोत्सवको पुर्व सन्ध्यामा राखिएको दौडमा राहुल थापा प्रथम भएका छन् । 
संघका सदस्यहरुका विच भातृत्वको सम्वन्ध विस्तारमा सहयोग पुग्ने गरि संघका सदस्यहरुका विच राखिएको दौड प्रतियोगितामा मदन थापाले दोस्रो, सन्तोष न्यौपाने तेस्रो, राजकुमार श्रेष्ठ र खड्क बहादुर कुमालले चौथो र पाँचौ स्थान हासिल गरेका थिए । 
पोखरा २९ को भण्डारढीक खेल मैदानबाट लेखनाथ महोत्सव स्थल सम्मको करिव साडे दुई किलो मिटरको दुरीमा भएको दौडमा महिला सदस्यहरु विचको प्रतियोगितामा चोलीमाया थापा प्रथम, छायाँ वसौला द्धितिय र एलिजा गुरुङ्ग तृतिय भएकी छन् भने ५० वर्ष माथीको समुहमा भएको प्रतियोगितामा दुर्गा बहादुर थापा प्रथम, मुकुण्द घिमिरे द्धितिय र गोपिचन्द्र वास्तोलाले तृतिय स्थान हासिल गर्न सफल भएका थिए । 
प्रतियोगिता मा विजयी भएकाहरुलाई संघको स्थापना दिवस असार २० गते राखिएको मुल समारोहमा पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई वाह्र हजार, द्धितियलाई आठ हजार, तृतियलाई चार हजार र सान्तवना हुनेलाई रु दुई हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने खेल संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् । 
यसै विच सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघले संचालनमा ल्याएको कृषि उपज खरिद विक्रि केन्द्रमा प्रत्येक शनिवार खुल्ने गरि स्थानिय किसानका उत्पादनलाई बजारीकरणगर्न सहज हुने गरि संचालनमा ल्याएको हाट बजारको शुभारम्म समेत गरिएको थियो । 
कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले किसानको खेत वारीमा फलेका फलफुल र तरकारी जन्य उत्पादनलाई बजारीकरण गर्न सहज हुने उदेश्यले पहिलो चरणमा हरेक शनिवार खुल्ने गरि कृषि हाट बजार केन्द्र स्थापना गरिएको बताएका थिए । 
कृषि प्रवद्धन उप समितिका संयोजक दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष छत्रधर आत्रेय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महा सचिव उपेन्द्रराज सुवेदी (राजु) ले सवैको साथ र सहयोगले लेखनाथ उद्योग बाणिज्य संघले आफना ब्यवसायीहरुको मन जित्न सफल भएको धारणा राखेका थिए । 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: