!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

लेखनाथ महोत्सवमा शैक्षिक प्रर्दशनी हुने

LCCI News: Posted at 11/20/2019
...

समग्र पोखरा उपत्यकाको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको १६ औं सस्करणको लेखनाथ महोत्सवमा शैक्षिक प्रदर्शनी गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा पौष ३ गते देखि १५ गते सम्म आयोजना हुन लागेको महोत्सवमा विद्यार्थीहरुलाई मध्यनजर राख्दै विद्यालय स्तरीय शैक्षिक प्रदर्शनी तथा नृत्य÷गायन कार्यक्रम संचालन गरिने भएको हो । लेखनाथ महोत्सव अन्तरगतको बिद्यालय स्तरीय नृत्य कार्यक्रम उप–समितिको बुधवार बसेको बैठकले महोत्सव स्थल भित्र विद्यार्थीहरुलाई प्राविधिक र शैक्षिक ज्ञान उपलब्ध गराउने उदेस्यले विद्यालय स्तरिय शैक्षिक प्रर्दशनि गर्ने निर्णय गरेको हो । बिद्यालय स्तरीय नृत्य कार्यक्रम उप–समितिका संयोजक ध्रुवबावु भटराईको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र कोषाध्यक्ष जानुका अधिकारी र प्याव्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा लगायतले महोत्सवलाई प्रभावकारी तरिकाले संचालन गर्न सवैको साथ र सहयोग अपरिहार्य भएको धारणा राखेका थिए । कार्यक्रममा कास्की जिल्ला अन्तरगत रहेका सामुदायि तथा निजी बिद्यालयका प्राचार्य तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: