!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

लेखनाथ महोत्सवमा कृर्षि प्रर्दशनी हुने

LCCI News: Posted at 11/25/2019
...

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संबृद्धि भन्ने मुल नाराका साथ आयोजना हुन लागेको १६ औं लेखनाथ महोत्सवमा कृर्षि प्रदशनी गरिने भएको छ । यहि पौष ३ गते देखि १५ गते सम्म तालचोकमा संचालन हुने महोत्सवमा स्थानिय उत्पादनलाई प्रर्बद्धन गराउने उद्देश्यले कृर्षि जन्य वस्तुका स्टलहरुलाई समाबेस गराईने भएको हो । कृर्षिको माध्यमबाट मात्र देशको विकास सम्भव भएकाले यस क्षेत्रमा गर्न सकिने कृर्षि उत्पादनलाई बढवा दिदै ब्यवसायीक किसान बनाउन सहयोग पुग्ने उदेश्यले महोत्सवमा कृर्षिका स्टलहरु समाबेस गर्न लागिएको हो । कृर्षि तथा पशुपक्षी व्यवासय प्रर्बद्धन उपसमितिका संयोजक विरेन्द्र भण्डारीको अध्यक्षतामा भएको भेलाले स्थानिय स्थरमा उत्पादीत कृषिका स्टलबाट दर्शकलाई आवश्यक पर्ने कृर्षि जन्य उत्पादनको विक्रि वितरण तथा परामर्श दिईने निर्णय गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र बास्तोला लगाएतले महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सवलाई सफल पार्न आम कस्केलीहरुले आफनै चाडको रुपमा सम्झेर सहयोग गर्नका लागि अनुरोध गरेका थिए । यसैविच महोत्सवको तयारीका सिलसिलामा संघका कोषाध्यक्ष एवं महिला तथा आमा समुह परिचालन उपसमितिकी संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको भेलाले महोत्सवलाई सफल पार्न आमा समुहहरु परिचालन गर्ने र त्यसका लागि मंसिर २१ गते बृह्त महिला भेलाको आयोजना गर्न लागिएको बताईएको छ भने महिला उद्यमी समन्वय तथा रत्यौली गित व्यस्थापन उपसमिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस महोत्सवमा उत्कृष्ट रत्यौली गीत कार्यक्रमहरु समावेश गर्ने र सोका लागि सवैबाट पहल गर्ने निर्णय भएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: