!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवमा सुरक्षा ब्यवस्था मझभुत बनाईने

LCCI News: Posted at 11/26/2019
...

आगामी पौष ३ गते देखि १५ गते सम्म तालचोकमा संचालन हुने १६ औं लेखनाथ महोत्सवमा सुरक्षाको ब्यवस्थालाई ब्यवस्थीत र मझभुत बनाईने भएको छ । महोत्सव तयारीका सिलशिलामा मंगलवार बसेको सुरक्षा ब्यवस्थापन उप समितिको बैठकले महोत्सव अबधि भर दर्शकहरुको सुविधालाई ध्यानमा राखी सुरक्षाको ब्यवस्थालाई कडा पार्ने र बाटोमा हुने सवारी चापलाई पनि प्रभावकारी तरिकाले ब्यवस्थापन गर्ने निर्णय गरिएको हो । महोत्सवमा हुन सक्ने अवान्छीत गतिविधीलाई नियन्त्रण गर्न सवै तहको सुरक्षा ब्यवस्थालाई अवलम्वन गर्ने र महोत्सव स्थलमा सिसि क्यामरा सहित सुरक्षाकर्मीहरु परिचालन गरि मयार्दीत तरिकाले सुरक्षाको ब्यवस्था मिलाउने भएको हो । सुरक्षा ब्यवस्थापन उप समितिका संयोजक शैलेन्द्रमोहन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा डाडाकोनाक प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक महोन बहादुर खाँड,गण्डकी प्रदेश ट्राफिक कार्यालयका प्रतिनिधी,आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल,निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय,द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा,महासचिव गोपिचन्द्र बास्तोला,कोषाध्यक्ष जानुका अधिकारी र उप महासचिव राजु सुवेदी लगाएतले महोत्सवलाई सफल बनाउन अनुशान महत्वपुर्ण भएकाले सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने सुझाव राखेका थिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: