!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

पुस ३ देखी महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव, तयारी तिव्र

LCCI News: Posted at 11/28/2019
...

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी पुसमा हुने लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव हुँदैछ । औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष बलराम ढकालले बताए । ‘स्थानीय उत्पादनको पहिचान गर्दै स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको लक्ष्य हो,’ ढकालले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव सफल हुनेछ ।’ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुने ढकालले बताए । -१५ करोड रुपैयाँ कारोबार हुने लक्ष्य महोत्सवमा ३ सय ३६ स्टल रहने महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । जसमध्ये ६० प्रतिशत भन्दा बढी स्टल बुकिङ भइसकेको उनले बताए । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ । १२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका उपमहासचिव तथा महोत्सव प्रचारप्रसार उपसमिति संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । १ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले बताए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: