!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवको तयारी तिब्र, स्थानीय उत्पादनको प्रवद्र्धन गरिने

LCCI News: Posted at 12/05/2019
...

लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गरिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पुस ३ गतेदेखि हुने ‘१६औं लेखनाथ महोत्सव’मा स्थानीय उत्पादनलाई विशेष प्राथमिकताम राखिने संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए । ‘महोत्सव मार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नेछौं,’ उनले भने, ‘कृषिका उत्पादनलाई प्राथमिकता राखिएको छ ।’ महोत्सवमा राखिने स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको संघका अध्यक्ष बलराम ढकालले बताए । ‘महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिनेछ,’ उनले भने । महोत्सवको तयारीलाई तिब्र बनाइएको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । ‘महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन्,’ उनले भने । महोत्सवमा ३ सय ३६ वटा स्टल रहनेछन् । ‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवको २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको विश्वास छ । १२ देखि १५ करोड रुपैयाँ महोत्सवमा आर्थिक कारोवार अनुमान रहेको संघका वरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेयले बताए । १ करोड ३० लाख रुपैयाँ आम्दानी गरी १ करोड १० लाख रुपैयाँ खर्च कटाउँदा २० लाख रुपैयाँ बचत गर्ने संघको लक्ष्य छ । बचत रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने कोषाध्यक्ष एवं आर्थिक संयोजक जानुका पराजुलीले जानकारी दिइन् । महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: