महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको १६ औं सस्करणको लेखनाथ महोत्सवलाई कास्कीमा रहेका सामुदायिक बन उपभोक्ता समितिहरुले सहयोग गर्ने भएका छन् । महोत्सवमा आउने सवै खालका दर्शकहरुलाई मध्यनजर राख्दै बन पैदावरका वारेमा जानकारी दिने उदेश्यले जडिवुटीका स्टल देखि महोत्सव उद्घाटनका दिन आ आफनो पहिचान झल्कने गरि सास्कृतीक ¥याली निकाल्ने निर्णय गरिएको हो । बन जडिवुटि प्रवद्र्धन उपसमितिका संयोजक विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको बैठकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले महोत्सवमा आउने दर्शकहरुलाई मनोरञ्जन देखि किनमेलको स्थल एवंम सिप र ज्ञान प्रदान गर्ने लक्ष्य राखेको बताएका थिए । कार्यक्रममा संघका विशिष्ट सदस्य लक्ष्मीप्रसाद त्रिपाठी ,द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव गोपीचन्द्र बास्तोला लगाएतका सहभागीहरुले महोत्सवलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नका लागि सवैको साथ र सहयोग आवश्यक रहेको धारणा राखेका थिए । यसैविच यस वर्षको महोत्सवमा टिकट ब्यवस्थापनको जिम्मा सनराईज बैकले लिने भएको छ । बैक र आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका बिच विहिवार महोेत्सव अवधि भर टिकटको ब्यवस्थापन सनराईज बैकले गर्ने र बैकले क्यू आर कोड मार्फत इ सेवाबाट टिकट लिने दर्शकहरुलाई टिकटमा ५० प्रतिशत छुटकोे ब्यवस्था दिने सहमति भएको टिकट ब्यवस्थापन उप समितिका संयोजक भरतराज ओझाले जानकारी दिएका छन् ।