‘‘महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र समृद्धि‘‘ भन्ने मुल नाराका साथ आगामी पुस ३ गते देखि १५ गतेसम्म संचालन हुने १६ औं सस्करणको लेखनाथ महोत्सवका सन्दर्भमा आमा समुहको वृहत भेला शनिवार सम्पन्न भएको छ । शनिवार बसेको तयारी भेलामा यस क्षेत्र भित्र रहेका आमा तथा महिला समुहले विगतका वर्ष जस्तै यस बर्ष पनि महोत्सवलाई सफल पार्न आ आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलका क्रममा विभिन्न आमा समुहको प्रतिनिधिहरुले विगतमा आफुहरुले झेल्नुपरेका समस्यालाई प्रस्तुत गरि यो महोत्सवलाई अझै भव्य र सुन्दर तरिकाले लैजान आफुहरु तयार रहेको बताए । यस महोत्वलाई अझ वढी प्रभावकारी बनाउनका लागि आमा तथा महिला समुहहरु टोल टोलमा पुगी प्रचारात्मक अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन् । १६ औं सस्करणको लेखनाथ महोत्सवमा यस क्षेत्रका महिला उद्यमीद्धारा निर्मित हस्तकला तथा कृषि सामग्री राख्नका लागि लेखनाथ महोत्सवमा यस वर्ष पनि आयोजकले निःशुल्क स्टल उपलव्ध गराउने भएको छ । संघका कोषध्यक्ष एवं महिला तथा आमा समुह परिचालन समन्वय समितिकी संयोजक जानुका अधिकारीकोे अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले समुहहरुले रत्यौली कार्यक्रम र झाकी र्याली सम्वन्धी राखेका जिज्ञासाहरुको समाधान गर्दै थप सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले लेखनाथलाई देश र विदेशमा चिनाउन यस महोत्सवको ठुलो भुमि रहेको वताउनुहुदैं महोत्सव लेखनाथबासीको चाडको रुपमा विकास हुदैं आइरहेको र यसको सफलतामा आमा तथा महिला समुहको भूमिका अहम रहेको वताए । करिव ५०० जनाको उपस्थिति रहेको महिला भेलामा निवर्तमान अध्यक्ष कृष्णहरी भण्डारी, पुर्व अध्यक्ष बावुराम गिरी, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा, महासचिब गोपिचन्द्र बास्तोला लगायतको उपस्थिति रहेको संघका कार्यसमिति सदस्य डिलकुमारी दाहालले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं रत्यौली गित कार्यक्रम संयोजक मेनुका श्रेष्ठलले धन्यवाद ज्ञापन गरेकी थिइन् । समाप्त