निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । यसै क्रममा आमा तथा महिला समूहको भेला सम्पन्न भएको छ । महोत्सवलाई भव्य बनाउन महिला तथा आमा समूहको व्यापक परिचालन गरिने निर्णय हालै आयोजित भेलाले गरेको संघका कोषाध्यक्ष एवं आमा तथा महिला समूह परिचालन समिति संयोजक जानुका अधिकारीले जानकारी दिइन् । ‘लेखनाथ महोत्सवमा यहाँका महिला तथा आमा समूहहरुको उपस्थिति र सहभागिता अत्यन्त राम्रो हुँदै आइरहेको छ,’ उनले भनिन्, ‘यस वर्ष पनि हामी कार्यक्रमलाई भव्य बनाउन सक्रिय भएर लाग्दैछौं ।’