!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

कृषि उपज खरिद बिक्री केन्द्र चाँडै सञ्चालनमा आउँदैछः बिनोद श्रेष्ठ

LCCI News: Posted at 12/16/2019
...

बिनोद श्रेष्ठ उपाध्यक्ष तथा महोत्सव सहसंयोजक लेखनाथ उद्योग वाणिज्य संघ पुस ३ गतेदेखि लेखनाथ महोत्सव हुँदैछ । महोत्सवको प्रमुख उद्देश्य भनेको स्थानीय कृषिजन्य उत्पादनको बजारीकरण गर्नु नै हो । लेखनाथ र यस आसपासका क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्रीहरु जुन बजारको अभावमा मूल्य नपाउने, खेर जाने स्थिति थियो, त्यसको अन्त्यका लागि महोत्सव शुरु गरेका हौं । अहिले पनि हाम्रो प्रमुख प्राथमिकता स्थानीय कृषिजन्य उत्पादनको बिक्री वितरण नै हो । महोत्सवबाट प्राप्त रकम पनि सामाजिक क्षेत्रमा लगाउने गरेका छौं । हामीले स्थानीय क्लब, आमा समूहलगायतमा तालिम तथा सीपमूलक प्रशिक्षण गराउने गरेका छौं । सरसफाई, सचेतनामूलक कार्यक्रम लगायतलाई पनि निरन्तरता दिदै आएका छौं । महोत्सवबाट प्राप्त आम्दानीकै प्रमुख हिस्साले पोखरा महानगरपालिकासँग मिलेर हामीले कृषि उपज खरिद बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं । महोत्सव स्थल नजिकै निर्माण भइरहेको यो कृषि उपज खरिद बिक्री केन्द्र २ करोडको लागतमा निर्माण गरिन लागेको हो । यसमा महानगरपालिकाको १ करोड र लेखनाथ उद्योग वाणिज्य संघले १ करोड खर्च गरेर बनाइदैछ । यो अबको २ महिना भित्र सञ्चालनमा आउँछ । यो सञ्चालनमा आएपछि लेखनाथ क्षेत्र र आसपासका रुपा गाउँपालिका, मादी र भरतपोखरी लगायतका क्षेत्रका कृषिजन्य उत्पादनले बजार पाउँछ भने उपभोक्ताले पनि सहजै कृषि उपज खरिद बिक्री केन्द्रमा सुपथ मूल्यमा पाउँछन् । महोत्सवले जातजाति बिचको एकतालाई पनि मजबुत बनाउने काम गरेको छ । महोत्सवमा सबै जातजाति सहभागी हुने, आ–आफ्नो जातीय पहिचान झल्कने भेषभूषासहितको झाँकी प्रस्तुति र दैनिक रुपमा प्रस्तुत हुने सांस्कृतिक कार्यक्रमले सबैलाई जोड्ने काम गरेकाले यसले जातीय सद्भाव कायम गर्नपनि मद्दत पुगेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: