!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

महोत्सव लेखनाथको साझा चाँड होः प्रचारप्रसार संयोजक सुवेदी

LCCI News: Posted at 12/17/2019
...

उपेन्द्रराज सुबेदी (राजु) प्रचारप्रसार संयोजक १६औं लेखनाथ महोत्सव उपमहासचिवः लेखनाथ उद्योग वाणिज्य संघ लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस ३ देखि १५ गतेसम्म सुन्दर नगरी लेखनाथको तालचोकमा ‘१६औं लेखनाथ महोत्सव’ हुँदैछ । लेखनाथ महोत्सव लेखनाथको चाँड हो । जसरी दशैं, तिहारजस्ता चाँडपर्वमा परिवारका आफन्तहरु जम्मा भएर आत्यिता साट्छन् त्यसरी नै महोत्सवमापनि साविक लेखनाथसहित समग्र पोखरेली जमघट हुने र आपसमा भेटघाट गर्दै आत्मियता साट्छन् । महोत्सवलाई सबैले चासोका साथ हेरेका छन् । सहयोग गरेका छन् । प्रचारप्रसारमा फरक शैली अपनाएका छौं । हामी सँधै झैँ एफएम, रेडियो, पत्रपत्रिका र अनलाइनलाई प्रयोग गरेका छौं । सहरबाट टाढा रहेका गाउँहरुमा पनि हामीले यसपाली प्रचारप्रसार गरेका छौं । ती गाउँहरुमा हामी कलाकारसहित पुगिरहेका छौं । प्रत्येक गाउँमा एक घण्टा कलाकारहरुले प्रस्तुति दिदै गाउँबासीलाई निमन्त्रण गरेका हौं । अघिल्ला वर्षहरुमा गाउँमा रहेकाहरुले थाहा नपाउँदा महोत्सवमा आउन पाएनौं भन्ने गुनासो गरेकाले हामीले यसपाली प्रचारको यस्तो शैली अपनाएका हौं । हाम्रो अभिप्राय भनेको महोत्सवमा कोही पनि नछुटुन् भन्ने हो । त्यसका अलावा हामीले फेसबुक, ट्वीटरसहित यूट्युवलाई पनि प्रयोग गरेका छौं । सहरी क्षेत्रका लागि हामीले प्रत्येक बस, ट्याक्सीहरुमा महोत्सवको प्रचारात्मक स्टिकर टाँसेरपनि प्रचारलाई तिव्र बनाएका छौं । औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो । स्थानीय उत्पादनको पहिचान गर्दै स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्नु महोत्सवको लक्ष्य हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने गर्दै आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्न महोत्सव सफल हुनेछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि महोत्सव सहयोगी हुनेछ । महोत्सवमा ३ सय ३६ स्टल रहने छन् । सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् । २ लाख ५० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने हाम्रो विश्वास छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: