!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

महिला उद्यमशीलता र महिला सशक्तीकरणमा संघको महत्वपूर्ण योगदानः जानुका

LCCI News: Posted at 12/17/2019
...

जानुका अधिकारी कोषाध्यक्षः लेखनाथ उद्योग वाणिज्य संघ आर्थिक तथा महिला समूह परिचालन संयोजकः १६औं लेखनाथ महोत्सव लेखनाथ उद्योग वाणिज्य संघले महिला उद्यमशीलता विकास र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान दिदै आएको छ । महिला जागरणमूलक अन्तरक्रिया, तालिमलगायत दिएर महिलालाई अगाडि बढाउन संघले भूमिका खेल्दै आएको छ । संघमा लागेर अनुभव प्राप्त गरेकाहरुले नेतृत्वदायी भूमिकासमेत खेल्ने मौका पाएका छन् । त्योपनि उपलब्धीकै रुपमा रहेको छ । त्यतिमात्र होइन संघले नेतृत्व विकासमा पनि महत्वपूर्ण योगदान दिएको छ । नेतृत्व विकास सम्बन्धी तालिम दिने, सक्षमलाई जिम्मेवारी दिने, गर्छु भन्ने आँट र साहस भएकालाई अझ हौसला प्रदान गरेर अगाडि बढाउनुका साथै भ्रमणमा लगेर सिक्ने अवसरपनि प्रदान गर्दै आएको छ । कानुनी सचेतना, क्षमता अभिबृद्धिलगायतका कार्यक्रमपनि निरन्तर गरिरहेका छौं । संघले महिला उद्यमशीलता विकासका लागिपनि भूमिका खेल्दै आएको छ । आफ्नो रुची अनुसारको सीप र ज्ञान लिन चाहनेलाई संघले टोलटोलमै सीप विकास तालिम आयोजना गर्ने गरेको छ । अहिलेपनि व्यक्तिहरुले २० देखि ३० जनाको समूह बनाएर आएमा उनीहरुले कस्तो तालिम लिन चाहेको हो त्यसका लागि सहयोग गर्न संघ तयार छ । तर त्यो तालिम उत्पादनमूलक र आयआर्जनसँग सम्बन्धित हुनुपर्छ । संघले गर्ने यस्ता कार्यक्रममा महोत्सवको भूमिका छ । महोत्सवबाट प्राप्त रकमबाटै यसमा खर्च हुने भएकाले महोत्सव महत्वपूर्ण छ । त्यसैले महोत्सव लेखनाथ उद्योग वाणिज्य संघको मात्रै होइन, समग्र लेखनाथबासीको हो, पोखराबासीको हो । महोत्सव महिला दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा छोराछोरी एकै ठाउँमा भेट हुने, रमाइलो गर्ने, आत्मियता साट्ने थलो पनि हो । त्यसैले यसलाई सबैले मिलेर सफल बनाउनुपर्छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: