!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

LCCI News: Posted at 12/17/2019
...

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र संबृद्धि’ नाराका साथ पुस ३ देखि १५ गतेसम्म १६औं सस्करणको लेखनाथ महोत्सव हुँदैछ । समग्र गण्डकी प्रदेश कै आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको मंगलबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा रहने ३ सय ४० स्टलहरुमा सबै स्टल बुकिङ भइसकेका छन् । स्टल निर्माणदेखि अहिले मात्र बनाइएको स्थाई स्टेजमा सझिसजावटको काम मात्र बाँकी रहेको प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्रराज सुवेदीले बताए । दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टलहरु उनले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना तथा विभिन्न संघ संस्थाहरुको सहयोग र सहभागितामा हुन लागेको महोत्सवले विषेश गरी कृषिलाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउँदै सिप सिक्ने र सिकाउने थलोको रुपमा विकास गराउने लक्ष्य राखिएको संघका अध्यक्ष तथा महोत्सव मूल संयोजक बलराम ढकालले बताए । महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थिक कारोवार हुन सक्ने अनुमान गरिएको छ । महोत्सवमा करिव एक करोड ३० लाख आम्दानी भई एक करोड १० लाख खर्च हुने अनुमान गरिएको छ भने बचत हुन आएको रकमबाट प्रदर्शनी स्थलको स्तर उन्नति, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा खर्च गरिने ढकालले जानकारी दिएका थिए । महोत्सवलाई व्यवस्थित र प्रभावकारी तरिकाले संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, २८ सदस्यीय सल्लाहकार समिति, विभिन्न ३३ वटा उप समिति र एक सय २३ सदस्सीय कार्यसम्पादन समिति गठन गरी तयारीलाई अन्तिम चरणमा पु¥याइएको महासचिव गोपिचन्द्र बास्तोलाले बताए । औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलताका लागि शैक्षिक प्रदर्शनी र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवले आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षण गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन सहयोग पु¥याउने लक्ष्य राखेको छ । आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की साखाका सचिव रामप्रसाद तिमिल्सनाले महोत्सवलाई सफल पार्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने सुझाव राखे । संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन महिला परिचालन उप समितिकी संयोजक तथा संघकी कोषाध्यक्ष जानुका अधिकाारीले गरेकी थिइन् ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: