बुद्धिप्रसाद बास्तोला संयोजक सूचना प्रविधि प्रदर्शनी तथा व्यवस्थापन १६औं लेखनाथ महोत्सव लेखनाथ उद्योग वाणिज्य संघद्वारा यही पुस ३ गतेदेखि आयोजित लेखनाथ महोत्सवको मुख्य आकर्षण मध्येको एक हो सूचना प्रविधी प्रदर्शनी । महोत्सव स्थलको बिच भागतिर यसको पेभेलियन बनाएर स्टल व्यवस्थापन गरेका छौं । सूचना प्रविधी प्रदर्शनीको मुख्य प्रायोजक पोखरा इन्टरनेट प्रालि हो । यस पेभेलियनमा सूचना तथा प्रविधीसँग सम्बन्धित स्टलहरु छन् । यहाँ दर्शकहरुले आफूलाई आवश्यक पर्ने सूचना तथा प्रविधीहरुबारे जानकारी लिन सक्नेछन् । साथै खरिद बिक्रीसमेत गर्न सकिन्छ । विशेष गरेर यसमा टेलिभिजनका स्काई वर्क, सिजी र एलजीका स्टलहरु छन् । मोबाइलमा सामसुङ, अप्पोलगायतको स्टलहरु छन् । सूचना प्रविधी पेभेलियनमा अझ आकर्षणको केन्द्र विन्दु भनेको डिजिटल वोर्ड हो । पोखरा महानगरपालिकाले होर्डिङ वोर्डहरु निशेध गरेर डिजिटल बोर्डको प्रयोग गर्न थालेकाले यसलाई सहयोग गर्नकै लागि यो स्टल राखिएको हो । लेखनाथ उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको लागि मोबाइल एप्ससमेत बनाएको छ । त्यो मोबाइल एप्सको पनि शुभारम्भ गर्ने तयारी गरेका छौं । मोबाइल र टेलिभिजनको साटफेर पनि गर्ने कम्पनीहरुले जनाएकाले दर्शकका लागि यो महोत्सव अवसर बन्ने अपेक्षा गरेका छौं ।