!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव २०७६ को तयारी तिव्र

LCCI News: Posted at 10/23/2019
...

लेखनाथ, कार्तिक ६ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यही पुष ३ गते देखि १५ गते सम्म लेखनाथको डाडाकोनाक, तालचोकमा आयोजना गर्न लागेको १६ औ लेखनाथ महोत्सव २०७६ को मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको पहिलो सिमेन्ट उद्योग एड्भान्स गु्रपको अरनिको आबु खैरेनी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. रहने सम्झौता भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन संयोजक राजेन्द्र ओझा र एड्भान्स गु्रपका अध्यक्ष अरुण कर्ण दुवैले महोत्सवको मुख्य प्रायोजक एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ई.प्रा.लि. रहने गरि एक सम्झौता पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको छ । महोत्सव लेखनाथको सँस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि भन्ने मुल नाराका साथ संचालन हुन लागेको १६ औं लेखनाथ महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न कार्यहरु धमाधम भईरहेको कुरा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिनुभएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: