!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

सनराइज बैंकमा खाता हुनेलाई लेखनाथ महोत्सवको टिकटमा आधा छुट

LCCI News: Posted at 12/18/2019
...

सनराइज बैंकमा खाता हुने ग्राहकले लेखनाथ महोत्सवको प्रवेश टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसपटकको टिकट व्यवस्थापनको जिम्मा बैंकले लिएको बैंकका प्रदेश प्रमुख रविन्द्र केसीले जानकारी दिए । सनराइज बैंकले यसपटक आफ्नो बैंकमा खाता हुनेलाई ग्राहकलाई पचास प्रतिशत छुट दिएको टिकट व्यवस्थापन उपसमिति संयोजक भरतराज ओझाले जानकारी दिए । ‘तोकिएको भन्दा आधा मूल्यमै टिकट दिइनेछ । त्यसका लागि दर्शकले सनराइज बैंकमा खाता भएको पि.आर.लिएर टिकट काउन्टरमा सम्पर्क गर्नुपर्नेछ,’ उनले भने । टिकट काट्न सकस नहोस् भनेर १० वटा भन्दा बढी टिकट काउन्टर बनाएको ओझाले जानकारी दिए । जुन काउन्टर महोत्सव स्थलको मूल गेटभन्दा बायाँपट्टी राखिएको छ । ‘यसपटक हामी टिकट बेच्ने नयाँ रेकर्ड कायम गर्दैछौं । हामीले यो पटकको महोत्सवमा मात्र १ लाख २० हजार टिकट बेच्ने लक्ष्य बनाएका छौं,’ उनले भने ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: