!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

१६ औ संस्करणको लेखनाथ महोत्सव आजबाट , उदघाटनलाई भव्य बनाइने

LCCI News: Posted at 12/19/2019
...

रेडियो लेखनाथ, ३ पौष । समग्र गण्डकी प्रदेश कै आर्थिक, समाजिक तथा शैक्षिक बिकासमा सहयोग पु¥याउने उदेश्यले कास्कीकै प्रसिद्ध महोत्सव १६ औ सस्करणको लेखनाथ महोत्सव आजबाट सुरु हुदै छ । महोत्सव लेखनाथको संस्कृति स्थानिय उत्पादन विकास र संबृद्धि भन्ने नाराका साथ संचालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भई उद्घाटनको संघारमा जुटेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले जानकारी दिएका छन् । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्वा गुरुङले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनलाइ भव्य बनाइने तयारी रहेको जनाएको छ । उदघाटनपूर्व विभिन्न जातजातीको सस्कृति झल्कने गरि जातीय भेष भुषा सहित सास्कृतिक ¥याली निकालिने भएको छ । महोत्सवमा स्थानिय उत्पादन तथा कृषी प्रदर्शनी, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका करिव तिन सय ४० स्टलहरु रहने छन् । दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरीका कार्यक्रमहरु रहने छन् । पुस १५ गते सम्म चल्ने महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थीक कारोवार हुन सक्ने अनुमान आयोजकहरुले गरेका छन् । लेखनाथको तालचोक डाँडाकोनाकमा संचालन हुने महोत्सवले विशेष गरि औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजारीकरण, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलताका लागि शैक्षिक प्रदर्शनी र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने उदेश्य राखेको छ । महोत्सव प्रवेशका लागि साधरण टिकट दर रु ६० र विद्यार्थीका लागि रु ४० तोकिएको छ । यस्तै साँझ हुने कन्सर्ट अवलोकन गर्न एक सय र स्थायी प्रवेश पासका लागि रु दुई सय ५० लाग्नेछ । आयोजकले वृद्धवृृद्धा, शारीरिक अशक्तता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता कार्डको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । प्रकाशित मिति: बिहिवार, पुष ३, २०७६

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: