आर्थिक आवाज लेखनाथ महोत्सवको पहिलो दिन बिहीबार उत्साहजनक दर्शक सहभागी भएका छन् । दर्शकको भिडबाट आयोजक उत्साही भएका छन् । महोत्सव सुरु भएको पहिलो दिनमा मात्रै २० हजार भन्दा बढी दर्शक महोत्सव स्थलमा प्रवेश गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले आर्थिक आवाजलाई जानकारी दिए । बिहीबार करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको सुवेदीले जानकारी दिए । महोत्सवको उद्घाटनको दिन विभिन्न संघसंस्था तथा आमा समूहका ५ सय भन्दा बढी साँझी प्रदर्शनी गरिएको सुवेदीले जानकारी दिए । पहिलो दिनजस्तै अन्य दिनमा पनि दर्शकको भिड लाग्नेमा आफूहरु विश्वस्त रहेको महासचिव गोपिचन्द्र बास्तोलाले बताए । महोत्सवमा ३ सय ४० स्टलहरु छन् । दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, स्थानीय उत्पादन तथा कृषि प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र फुड फेस्टिवलका स्टल राखिएका छन् । महोत्सवमा करिव दुई लाख ५० हजार दर्शक र १२ देखि १५ करोड बरावरको आर्थिक कारोवार हुने आयोजकको अपेक्षा छ ।