!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवको आज दोस्रो दिन १० हजारले अवलोकन, १८ लाखको गाडि बिक्रि

LCCI News: Posted at 12/21/2019
...

लेखनाथ, ४ पौष । विहिवार देखि कास्कीको लेखनाथमा संचालित १६ औं सस्करणको लेखनाथ महोत्सवमा शुक्रवार दश हजार दर्शकले अवलोकन गरेका छन । दर्शक बढेसँगै किनमेल समेत बढेका छन । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेटाउने चाजो पाजो मिलाएपछि महोत्सव किनमेलको माहोल बनेको हो । मनोरञ्जतात्मक कार्यक्रमहरु हेरेपछि बाहिरीने दर्शकहरुले आफुलाई आवश्यक पर्ने सामानहरु लिएर फर्कने गरेकाले महोत्सव ब्यापारीक केन्द्रसग सगै किनमेलको स्थल पनि बन्न थालेको हो । नुन देखि सुनसम्म गाडी देखि साडीसम्मका सामग्री रहेको महोत्सवमा शुक्रवार मेगाटेक ईन्टरनेशन प्रा लि ले राखेको करतार टयाक्टर १७ लाख ९५ हजारमा बिक्री भए पछि सुक्रवारको कारोवारमा हुव्त्तै बढेर करिव ५० लाख बरावरको अर्थिक कारोवार भएको आयोजक सस्थाका महसचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् । महोत्सवमा रहेका करिव तिन सय ४० वटा स्टलहरुबाट दर्शकले आफुले रोजेका र खोजेका सामान पाउने भए पछि सामान किनमेलका लागि मात्र पनि दर्शकहरु महोत्सव स्थल भित्र छिरेका थिए । क्रेता र विक्रेताको संगम स्थल नै महोत्सव भएकाले यहाँ आउने कोही पनि दर्शकहरु खाली हात नभई के न केही सामग्री लिएर जाने गरेकाले यस पालीको महोत्सवले पनि सवैको मन जित्न सफल हुनेमा संघका अध्यक्ष बलराम ढकाल विश्वस्थ देखिन्छन् । पुसको १५ गतेसम्म लेखनाथको तालचोकमा संचालन हुने महोत्सवको दोस्रो दिन लोक दोहोरी ईन्द्रेणीको छायाकंन, ठकुरी समाजको सास्कृतिक झाँकी,विश्व नेपालीको लाईभ पप कन्सट र विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा कास्की मोडनाज एकेडेमी,न्यू लाईट स्कुल र प्रि एपेक्स ग्रुप स्कुलको प्रस्तुती रहेको प्रचार प्रसार उप समितिका संयोजक राजु सुवेदीले जानकारी दिएका छन् । प्रकाशित मिति: शुक्रवार, पुष ४, २०७६

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: