!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव जारी, कृषिदेखि सूचना प्रविधिका स्टलसम्म दर्शकको चाप

LCCI News: Posted at 12/23/2019
...

लेखनाथ, ६ पुस । कास्कीको लेखनाथमा १६औं संस्करणको लेखनाथ महोत्सवम जारी छ । महोत्सवमा राखिएका कृषि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ । उत्पादकदेखि उपभोक्तासम्म सहज रुपले पौच पुग्ने र उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरि महोत्सव स्थल भित्र राखिएका कृषि तथा पशुपंक्षी जन्य उत्पादन, ताजातरकारी, माछा, मह, जैविकविविधता र घरेलु हस्ताकलाका उत्पादनमा दर्शकको चोसो बढेको प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु)ले जानकारी दिए । कृषिजन्य उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्रका माछाका स्टलबाट दैनिक तीन सय केजी भन्दा बढि माछा बिक्री भएको रुपाताल पुनस्र्थापन तथा मत्स्य सहकारी संस्थाका माछा बिक्री संयोजक आनन्द सापकोटाले जानकारी दिए । उनका अनुसार रुपाताल र बेगनासतालमा उत्पादित माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्री वितरणको ब्यवस्था मिलाएको बताएका छन् । ताजा तरकारीका लागि राखिएका स्टलबाट स्थानीय स्थरमा उत्पादित आलु, काउली, बन्दा, गोलभेडा र प्याजको बिक्री दैनिक हजार केजी भन्दा बढि भएको कृषि प्रदर्शनी उपसमितिका संयोजक वीरेन्द्र भण्डारीले जानकारी दिए । महोत्सवमा राखिएको सुन्तलाका स्टलबाट दैनिक एक हजार के.जी भन्दा बढि सुन्तलाको बिक्री हुँदै आएको उनले बताएका छन् । महोत्सवमा राखिएका सूचना तथा प्रविधिका स्टलहरुमा पनि दर्शकको चासो बढेको सूचना प्रविधि संयोजक बुद्धिप्रसाद बास्तोलाले जानकारी दिए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुले सूचना प्रविधिका स्टलमा चासो राखेको पाएका छौं,’ उनले भने, ‘नयाँ नयाँ प्रविधिका बारेमा बुझ्ने क्रम बढेको छ ।’ महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा व्यापारिक प्रयोजनसँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय लोक नृत्य र मातृशक्तिको सम्मानमा राखिएको रत्यौली गीतको प्रस्तुति रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको चापसँगै कारोवारमा पनि बृद्धि हुँदै आएका बताइएको छ । आइतबार आर्थिक कारोवार तर्फ करिव एक करोड र दर्शकको सहभागिता करिव १० हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव गोपिचन्द्र वास्तोलाले जानकारी दिएका छन् । महोत्सवको पाचौं दिन सोमबार पनि चर्चित दोहोरी गायकको दोहोरी गीत, हास्य प्रहसन, साँझ लाइभ पप कन्र्सटको प्रस्तुति रहनेछ । सोमबार लोकदोहोरी तर्फ प्रजाापती पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, सीता केसी, मञ्जु बिक लगायतको प्रस्तुति रहनेछ । लाइभ कन्सर्टतर्फ मिस्टर डि, विन्दु परियार लगायतको प्रस्तुति रहने प्रचारप्रसार संयोजक सुवेदीले जानकारी दिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: