!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

लेखनाथ महोत्सव २०७६: अहिले सम्म एक लाख २० हजार दर्शक, ५ करोड ५० लाखको कारोवार

LCCI News: Posted at 12/23/2019
...

७ पौष । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गत पौष ३ गते देखि संचालित १६ सस्करणको लेखनाथ महोत्सवमा सोमबार पाँचौ दिनसम्म आइपुग्दा करिब एक लाख २० हजार दर्शकले अवलोकन गरेका छन । यस वर्ष महोत्सवमा राखिएको रत्यौली गीतले दर्शकहरुको आकर्षण बढेको छ । बेहुलालाई सझि सझबट गरि बेहुली लिन पठाए पछि महिलाहरुले मात्र मनोरङजनका लागि खेलिने रत्यौलीलाई लेखनाथ महोत्सवको स्टेजमा प्रस्तुत गर्दा महोत्सवलाई थप रोचक बनाएको छ ।पुरुषले हेर्न नहुने भन्ने प्राचिन भनाई रहेपनि महोत्सवको स्टेजमा देखाईएको रत्यौलीमा सवै प्रकारका दर्शकहरुले अभिरुचिका साथ हेरेको देखिन्थ्यो । सवै तहका दशकहरुलाई मनोरङजन दिने उदेस्यले राखिएको रत्तौली गीतमा एका तिर जग्गीया र आर्को तर्फ बेहुला बेहुली नै बनाएर रतौली गीत मार्फत स्टेजमा लुठो सहितको नृत्यले दर्शकहरुको मन जितेको पाईएको थियो ।महोत्सवलाई थप रोचर र मनोरञ्चक दिने उदेश्यले राखिएको रत्यौली गीतमा सहभागीता जनाएका १५ सहभागीहर मध्य सोमवार नमुना आमा समुह पोखरा २५ र खराने ताजा तरकारी कृषक समुहको प्रस्तुती रहेको रत्यौली गीतको संयोजक मेनका श्रेष्ठले जानकारी दिएकी छन् । महोत्सवको पाचौं दिन विहान देखि बढेको चिसोलाई कुनै प्रवाह नगरि मध्यान पछि खुलेको मौसमसगै दर्शकको चाप बढेको थियो । सोमवार मात्र करिव एक करोड बरावरको आर्थीक कारोवार भएको संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिएका छन् भने सोमवार करिव २० हजार दर्शकले मेलाको अवलोक गरेको र अहिले सम्म करिव एक लाख २० हजार दर्शकले मेलाको अवलोक गरेको र पाँच करोड ५०लाख बरावरको आर्थीक कारोवार भएको संघका उप महासचिव तथा प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुको दावी रहेको छ । मेलामा सोमवार लोक दोहोरी तर्फ प्रजापति पराजुली,कृष्ण रेउले,चोलेन्द्र पौडेल,प्रदिप त्रिपाठी, सिता के सी,मञ्जु विक, काजल गुरुङ, माया गिरी, सहितका चर्चीत कलाकारको विजोड प्रस्तुती रहेको थियो भने हास्य तर्फ चक्लेटी र दारी बाको प्रस्तुती साथै साझको लायभ कन्सटमा मिस्टर डि ,विन्दु परियार र माया पुन साथमा मोडल डान्स प्रस्तुत भएको थियो । यसैगरि महोत्सवमा राखिएको विद्यालय स्तररिय नृत्यमा सोमवार लिटल फ्लावर वोडिङ स्कुल, अमरज्योती गाउर्फक मावि र लक्ष्मी माविको प्रस्तुती र साथमा स्याङजाली तमु समाजको सास्कृतिक कार्यक्रम रहेको थियो । प्रकाशित मिति: सोमवार, पुष ७, २०७६

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: