!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!

लेखनाथ महोत्सवको आज छैटौं दिन, दमन, प्रीतिदेखि दुर्गेसको प्रस्तुति

LCCI News: Posted at 12/24/2019
...

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १६औं संस्करणको लेखनाथ महोत्सव जारी छ । महोत्सव अन्तर्गत आज मंगलबार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुत रहनेछ । महोत्सवमा आज लोकदोहोरीतर्फ प्रीति आले र सरस्वती लामिछाने, राजन गुरुङ, जीवन शर्मा लगायतको प्रस्तुति रहने प्रचारप्रसार संयोजक उपेन्द्र राज सुवेदी राजुले जानकारी दिए । हास्यतर्फ दमन रुपाखेती, शिवहरि वैरागीको प्रस्तुति रहँदा लाइभ तथा पप कन्सर्टतर्फ दुर्गेश थापाले मञ्च तताउनेछन् । अन्य दिनमा जस्तै मंगलबार पनि महोत्सव स्थलमा दर्शकको भिड लाग्नेमा आफूहरु विश्वस्त रहेको द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले बताए । ‘पाँचौं दिनसम्म प्राप्त सफलताबाट हामी उत्साही छौं,’ उनले भने, ‘आगामी दिनमा पनि यही उत्साह कायम रहनेछ ।’ महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ सञ्चालित महोत्सवमा राखिएको रत्यौली गीत पनि दर्शकको आकर्षण बनिरहेको महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: