!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

कमलाले तताईन लेखनाथ महोत्सवको माहोल

LCCI News: Posted at 12/26/2019
...

जारी लेखनाथ महोत्सवको सातौं दिन बुधवार थामी नसक्ने दर्शकको भीड लागेको छ ।कारण थियो बाल लोक दोहोरी गायिका कमला घिमेरेको प्रस्तुती हेर्न । युटुव देखि लोक दोहोरी कार्यक्रम ईन्द्रेणीको प्रर्दामा मात्र देखिएकी कमलालाई महोत्सवको स्टेजमा प्रत्यक्ष रुपमा हेर्न पाईने भए पछि बुधवार दर्शकको आकर्षण बढेको हो । मध्यान्न तिर महोत्सव छिरेकी कमलाको पहिलो प्रस्तुती जिवन दाहालसँग पिपलुलाई बर छैन मलाई डर ..भन्ने र त्यस पछि शिवहरी ढुगानासँगको चिया छानेको बोलीले हसाउन कति जानेको ..भन्ने बालेको गीत र अन्तिममा राजु परियारसंगको दोहोरीमा कमलाको दमदार प्रस्तुतीले दर्शकलाई थप मनोरञ्जन दिएको थियो । उमेरले ११ वर्ष भए पनि आफना वावु सरवरका लोक दोहोरी गायकहरुलाई पछि पर्ने गरि कमलको प्रस्तुतीमा दर्शकहरु हौसी हौसी आफु वसेकै ठाउबाट उठेर नाच्न पनि पछि परेका थिएनन्। फरक फरक दिन फरक फरक प्रस्तुतीले तताएको महोत्सवको सातौ दिन क्रिसमसको दिन परेकाले पनि महोत्सव स्थलमा दर्शकको चाप बढेपछि आयोजकहरुलाई ब्यवस्थापन गर्न हम्मेहम्मे नै परेको देखिन्थ्यो भने दर्शकहरुको ब्यवस्थापन गर्न दुई ठाँउवाट आपतकालीन ढोका खेलेर दर्शकलाई बहिर पठाउन बाध्य भएको संघका द्धितिय उपाध्यक्ष राजेन्द्र ओझाले बताएका छन् । टिकट विक्रि कक्षबाट विक्रि भएका टिकट र विभिन्न तहका पासका आधारमा गरिएको मुल्याङकनका आधारमा बुधवार मात्र करिव २५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म एक लाख ७० हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरिसकेका आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको दावी रहेको छ । दर्शकको चाप सँगसगै आर्थिक कारोवारमा पनि बृद्धि भई बुधावार मात्र एक करोड २५ लाख बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव आठ करोड २५ लाख वरावरको कारोवर भईसकेको संघका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् । महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालय स्तरिय नृत्य, मातृशक्तिको सम्मानमा रत्यौली साथमा ख्याति प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हस्य प्रहसन र साँझमा युवा युवतीहरुलाई लक्षित पप कन्र्सट तथा मोडल डान्सले महोत्सवलाई थप रोचक बनाएको प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्र राज सुवेदी (राजु) को भनाई रहेको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: