!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सव हालसम्ममा एक लाख ८० हजार दर्शकद्धारा अवलोकन

LCCI News: Posted at 12/26/2019
...

लेखनाथ, १० पौष ।  लेखनाथको तालचोकमा जारी १६ औ संस्करणको लेखनाथ महोत्सवमा दर्शकको चापसगै कारोवारमा पनि उल्लेखिए रुपमा बृद्धि भएको छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको आठांै दिन सुर्य ग्रहणको दिन परेकाले दर्शकहरुको चाप मध्यान्न देखि बृद्धि भएको साँझसम्म पनि दर्शकको चापले महोत्सव स्थल खचाखच देखिन्यो । महोत्सव प्रति दर्शकहरुको अभुरुचि बढेकाले विहिवार मात्र करिव दश हजार दर्शकहरुले मेलाको अवलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ भने अहिलेसम्म आईपुग्दा करिव एक लाख ८० हजार दर्शक मेला प्रबेश गरिसकेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् । दर्शकको चाँपसगै कारोवारमा पनि उल्लेखिए रुपमा बृद्धि भएको छ । महोत्सवमा आउने दर्शकहरुले हातमा केहि न केहि लिएर फर्कने गरेको देखिन्थो । महोत्सवको आठौं दिनमा करिव एक करोड बरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म नौ करोड २५ लाख बरावरको कारोवार भएको संघका कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ । यसैगरि महोत्सवको आर्को थप आकर्षणका रुपमा रहेको रत्यौली गीतमा रम्ने दर्शकहरुको संख्या पनि उल्लेख्य मात्रामा रहेको थियो भने बिद्यालय स्तरीय नृत्यले पनि महोत्सवलाई थप रोचक बनाएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुबेदी राजुले जानकारी दिएका छन् । विहिवार लोकदोहोरी तर्फ डिला वि.क, प्रकाश सपुत, सुजन लम्साल लगायतको प्रस्तुती रहेको थियो त्यस्तै गुन्द्रुके जादुगरले आफ्नो प्रह्सनले दर्शकलाई मनोरन्जन दिएका थिए भने साँझको लाईभ पप कन्र्सन्टमा एल्विन थापा, यम नेपाली, कालरात्रि व्याड, प्रकाश सपुतको प्रस्तुती रहेको थियो । यसैविच महोत्सवको नवौ दिन शुक्रवार पप लाइभ कन्सटमाः लाउरे (आसिस राना), हाउडे माया र सन्तोष वस्याल तथा दोहोरी तर्फ देवी घर्ती, राजु गुरुङ,दुर्गा सापकोटा, तारापति सुवेदी, मिरा पोखरेल र रमेशवावु थापा लगायत साथमा लोकप्रिय ह्स्य कलाकारको प्रहसन रहने स्टेस संयोजक तथा वरिष्ठ उद्घोषक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।   प्रकाशित मिति: बिहिवार, पुष १०, २०७६

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: