!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथ महोत्सवमा आज लाहुरेको प्रस्तुति

LCCI News: Posted at 12/27/2019
...

लेखनाथ, १० पुस । लेखनाथ महोत्सव जारी छ । महोत्सवको नवौं दिन आज शुक्रबार पप लाइभ कन्सटमा लाउरे (आसिस राना)को विशेष प्रस्तुति रहने भएको छ । हरेक दिन फरकफरक प्रस्तुति प्रस्तुत भइरहेको महोत्सवमा शुक्रबार लाहुरेले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् । हाउडे माया र सन्तोष वस्याल तथा दोहोरीतर्फ देवी घर्ती, राजु गुरुङ, दुर्गा सापकोटा, तारापति सुवेदी, मिरा पोखरेल र रमेशवावु थापा लगायत कलाकारको प्रस्तुति रहने प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले जानकारी दिए । लोकप्रिय हास्य कलाकारको प्रहसन पनि रहने स्टेस संयोजक नेत्रपाणि बास्तोलाले बताए । महोत्सवमा दर्शकको चापसँगै कारोवारमा पनि वृद्धि भइरहेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: