!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

सन्दर्भ लेउवा संघको १३ औ महाधिवेशन लेउवा संघको अध्यक्षमा आत्रेय सर्वसम्वत अन्य पदमा उमेदवारी परेकाले निर्वाचन हुने 

LCCI News: Posted at 08/29/2021
...

लेखनाथ ८ भाद्र

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा छत्रधर आत्रेय सर्वसम्मत भएका छन् ।संघको भाद्र १८ र १९ गते  हुन लागेको १३ औं महाधिवेशनका लागि मंगलवार भएको उमेदवार मनोनयनमा अध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र उमेदवारी परेकाले आत्रेय निविरोध अध्यक्ष हुने भएका छन् ।

वि स २०६८ देखि संघमा सदस्य पदका रुपमा प्रबेश गरेका आत्रेय प्राध्यापन पेशा हुदै ब्यवसायिक क्षेत्रमा प्रबेश गरेका हुन् । आत्रेय संघमा कोषाध्यक्ष,महासचिव,प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुदै आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्वत भएका हुन् ।

सर्वसम्वत भएपछि आत्रेयले सवै ब्यवसायीको मन जित्ने गरि काम गर्ने र आफुले ब्यवसायीक क्षेत्रमा गरेको योगदानले सर्वसम्वत हुन पाएकोमा आम ब्यवसायीहरुलाई धन्यवाद दिदै कोभिडका कारण मारमा परेका ब्यवसायीहरुको हक हितका सवालमा सम्वन्धित निकायका आवाज उठाउने प्रतिवद्धता समेत जनाएका छन् ।  

विगतको वर्षमा सवै पदमा सर्वसम्वत भए पनि यस वर्ष भने अन्य पदका लागि निर्वाचन हुने भएको छ ।वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारीको उमेदारी परेको छ भने प्रथम उपाध्यक्षमा बर्तमान द्धितिय उपाध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिका द्धितिय उपाध्यक्ष प्रकाशलाल श्रेष्ठको उमेदवारी परेको छ ।

यसै गरि द्वितीय उपाध्यक्षमा वर्तमान महासचिव गोपिचन्द्र वास्तोला र वर्तमान कार्यसमितिका सदस्य शैलेन्द्र मोहन भट्टराईको उमेदवारी परेको छ ।संघको महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्रराज सुवेदी (राजु) र वर्तमान कार्यसमितिकी सदस्य मेनुका श्रेष्ठको उमेदवारी रहेको छ भने उपमहासचिवमा बर्तमान कोषाध्यक्ष जानुका अधिकारी र बर्तमान कार्यसमितिका सदस्य धिरजकुमार श्रेष्ठको उमेदवारी परेको निर्वाचन आयुक्त हेमराज बरालले जानकारी दिनु भएको छ।

सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा बर्तमान कार्यसमितिका सदस्य भिम बहादुर नेपाली (काईला­), भरत ओझा,रामजी पौडेल र दिलकुमारी शर्मा दाहाल समेत चार जनाको उमेदवारी परेको हो ।

यसैगरि आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक सस्थागत सदस्य र एक एशोसियट सदस्य गरि १२ जनाको लागि ३० जनाको उमेदवारी परेको छ ।

खुल्ला सदस्यका लागि २१ जनाको उमेदवारी परेको छ जसमा टिकाराम सापकोटा,भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी,माधव तिवारी,ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजनकल्याण बडगामी,पुष्पमणि भण्डारी,ध्रुवबावु भट्टराई,खेमराज बराल,जिवन तिवारी,विक्रम कर्माचार्य,राधाकृष्ण अधिकारी,कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी,ईन्द्र बहादुर थापा,विरेन्द्र भण्डारी,कुलबहादुर रानाभाट,बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुगाना रहेका छन् ।

यसैगरि महिला सदस्यहरुमा गंगा मल्ल,तुलसी थापा क्षेत्री, रञ्जना बराल शान्ति कुमारी खनाल र बुद्धि कुमारी मगरको उमेदवारी परेको छ भने सस्थागत सदस्यमा महेश्वर आचार्य र राम बहादुर गुरुङ र एशोसियट सदस्यका लागि विरेन्द्र बानियाँ र मेघराज पौडेलको उमेदवारी परेको छ । संघको निर्वाचनका लागि एक हजार सात सय ३६ जनाले मतदान गर्न पाउने छन् ।

निर्वाचन कार्यक्रम अन्तरगत भाद्र ९ गते उजिरी उपर छानविन हुने, १० गते उमेदवारी फिर्ता लिने र ११ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: