!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

व्यवसाय प्रवद्र्धन सम्बन्धि अन्तर्रकृया कार्यक्रम सम्पन्न

LCCI News: Posted at 11/24/2021
...

लेखनाथ ,०७ मार्ग ।

लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा यस क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय संचालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यका साथ मंगलवारका दिन संघको सभाकक्षमा अन्तर्रकृया कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्तर्रकृयामा सहभागी संघका फेन्सी तथा कपडा व्यवसायी र भांडा व्यवसायी सदस्यहरुले व्यवसाय संचालन गर्दा कोभिड १९ को प्रभाव तथा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नभएका, झोले तथा पोके व्यवसाय फस्टाएको कारण आफुहरु मर्कामा परेको कुरा जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष एवं नेउवा महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले आफुले संचालन गदै आईरहेको व्यवसायलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र संचालनमा ल्याउन सुझाव दिनु हुंदै समय समयमा बिभिन्न स्थानमा हुने मेला महोत्सवहरुमा सहभागिता जनाएर पनि आप्नो व्यवसायलाई सुदृढ गर्न सकिने कुरामा जोड दिनु भएको थियो भने संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्य बिक्रम कर्माचार्यले व्यवसाय प्रवद्र्धनको लागि व्यवसायीक योजनाका साथ लगानि बढाउनु पर्ने, व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने कुरामा जोड दिंदै बिना ईजाजत संचालनमा रहेका झोले व्यवसायहरु लाई ईजाजत लिई संचालनमा आएका व्यवसायीहरुको बिचमा गठन भएको वजार व्यवस्थापन समितिको माध्यमबाट निरुत्साहीत गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सहित संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले समापन गर्नु भएको थियो ।

May be an image of 13 people, people standing, people sitting and indoor

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम मा सहभागीहरुलाई स्वागत गर्दै अध्यक्ष आत्रेयले कोभिड १९ बाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि निकट भविश्यमा लेखनाथ महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनु भएको कार्यक्रमलाई धन्यवाद सहित संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले समापन गर्नु भएको थियो ।

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: