!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

राहत रकम बितरण

LCCI News: Posted at 12/23/2021
...

राहत रकम बितरण

लेखनाथ ४ पौष ।

लेखनाथ उद्योग बाणिज्य संघबाट आफ्ना सदस्यहरुका लागि दैवी प्रकोप लगायत बिपत्तिमा संघको तर्फबाट गत बिगत वर्षहरुदेखि आर्थिक सहायताको रुपमा राहत रकम बितरण गरिदै आएको छ ।

संघको साधारण सदस्य एस सुवेदी किराना स्टोर्समा मिति २०७८ साल कार्तिक २२ गते सांझ भएको आगलागि बाट किराना पसलमा रहेका सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएको थियो । संघले आफ्ना सदस्यलाई दैवीप्रकोपमा परेको पिडामा केही हद सम्म भए पनि मलम लगाउने उदेश्यले संघको तर्फबाट रु ५००००। पचास हजार रकम सान्तोना स्वरुप उक्त पसलका प्रो अम्बिका प्रसाद सुवेदी लाई उपलव्ध गराएको हो ।

१७ औ लेखनाथ महोतसवको प्रचार प्रसार गर्न आयोजित पत्रकार सम्मेलनको दिन उक्त रकमको चेक संघका अध्यक्ष श्री छत्रधर आत्रेयले हस्तान्तरण गर्नु भएको थियो ।

May be an image of 6 people and people standing

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: