!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

लेखनाथमा अनधिकृत व्यवसाय गर्ने लाई निरुत्साहित गरिने

LCCI News: Posted at 01/10/2022
...

लेखनाथमा अनधिकृत व्यवसाय गर्ने लाई निरुत्साहित गरिने

लेखनाथ ,२५ पौष ।

“व्यवस्थित एवं बैधानिक व्यवसायिक पहिचान लेखनाथ उद्योग बाणिज्य संघको अभियान” भन्ने मुल मन्त्रका साथ लेखनाथ उद्योग बाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना ईजाजत संचालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने उदेश्यले आईतवारबाट अनुगमनको कार्यलाई अगाडि बढाएको छ ।

अभियान कार्यक्रमको शुरुवात गर्दै संघका संस्थापक सदस्य सचिव बिचित्रमोहन भट्टराईले प्रत्येक व्यवसायीले सम्बन्धित निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसै गरी संघका अध्यक्ष छत्रधर आत्रेयले नेपाल सरकारको निकायमा दर्ता भई सरकारलाई कर बुझाउदै व्यवसाय गर्दै आईरहेका व्यवसायलाई भ्यानमा, ठेलामा र झोलामा बिना बिल, बिना ईजाजत, अनधिकृत रुपमा संचालनमा रहेका व्यवसायले असर पारेको बताउनु हुंदै यस्ता व्यवसायबाट सरकारलाई लाखौ रुपैया राजस्व छलि भएको जस्ता गुनासो बढ्दै आएकोले संघको पहलमा व्यवसायीहरुको गुनासो समेतलाई मध्यनजर गर्दै अनुगमनको कार्यलाई अगाडि बढाउनु परेको जानकारी गराउनु भएको थियो । उक्त अभियानमा कार्यक्रममा पुर्व अध्यक्षहरु चतुराखर अधिकारी, सुमन भट्टराई, कृष्णहरि भण्डारी, लगायत संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, पोखरा महानगरपालिकाका बिभिन्न बडाहरुको समेत सहयोग लिई गरिएको अभियानमा, संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ, द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, बजार व्यवस्थापनका दिपक अधिकारी, टिकाराम सापकोटा, धनश्याम ढुंगाना, टिकाराम अधिकारी, बिन्दु तिवारी, मुकुन्द घिमिरे, बिश्वराज पौडेल लगायत वजार व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

संघका प्रथम उपाध्यक्ष एवं बजार अनुगमन उपसमितिका संयोजक राजेन्द्र ओझाले यस्तो कार्यबाट अव्यवस्थित बजार लाई व्यवस्थित गर्न सहयोग पुग्न जाने बताउनु भएको थियो । पोखरा २६ बिजयपुर बाट शुरु भएको अभियान साबिक लेखनाथका बिभिन्न स्थानमा पुग्दै वडा नं. ३२ मा पुगि समापन भएको जानकारी संघका महासचिव उपेन्द्रराज सुवेदीले गराउनु भयो ।

 

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: