!!! उधोगी, व्यवसायीहरुको हकहितको संरक्षण, संम्वद्र्धन यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यम बाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउनु नै हाम्रो उदेस्य हो !!!

दौड प्रतियोगिताको आयोजना गरिने

LCCI News: Posted at 06/19/2022
...

दौड प्रतियोगिताको आयोजना गरिने

लेखनाथ २९ जेष्ठ ।

लेखनाथ उद्योग बाणिज्य संघबाट गठित वजार व्यवस्थापन उपसमितिको बैठक आईतवार संघको सभा कक्षमा सम्पन्न भएको छ ।

संघका प्रथम उपाध्यक्ष एवं बजार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाको संयोजकत्वमा बसेको बैठकमा हाल बजारमा भईरहेको अस्वस्थ्य प्रतिस्पर्धालाई हटाई स्वच्छ प्रतिस्पर्धा गरी उद्योग व्यवसाय संचालन गर्न बिभिन्न वजार व्यस्थापन समितिहरुलाई सकृय बनाई स्थानिय प्रशासन तथा स्थानिय तहसंग समन्वय गरेर अगाडी बढ्ने बिषयमा सहभागीहरुले छलफल गर्नु भएको थियो ।

सोही अवसरमा संघका अध्यक्ष छत्रधर आत्रेय, निवर्तमान अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठ लगायत पदाधिकारी तथा कार्यसमिति सदस्य एवं बिभिन्न बजार व्यवस्थापन समितिका १४ जना अध्यक्ष एवं प्रतिनिधीहरु उपस्थित बैठकबाट लेखनाथ उद्योग बाणिज्य संघको रजत महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउने सन्दर्भमा खेलकुदको माध्यमबाट उद्योगी व्यवसायीहरु बिच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले संघका सदस्यहरु बिच बजार व्यवस्थापन समितिको सिफारीसमा यहि २०७९ साल आषाढ १८ गते शनिवारका दिन बिहान ७.०० बजे महोत्सव स्थल तालचोक देखि भण्डारढिक चउर सम्म महिला तथा पुरुष व्यवसायीहरुको दौड प्रतियोगिताको आयोजना गर्ने र सो प्रयोजनको लागि आषाढ १० गते भित्र सहभागीहरुको नामावली सम्बन्धित बजार व्यवस्थापन समितिले संघमा उपलव्ध गराउने निणर्य गरिएको छ .

Lekhnath Chamber of Commerce and Industry
Contact Us:
Lekhnath Chamber of Commerce and Industry

Pokhara-29, Chamber Road, Bhandardhik, Kaski

Phone: 061-560386, 061-560631

Fax: 00977-61-560701

Email: lekhccimail@gmail.com

Download: "Lekhnath CCI" App:
For Android
OR
For iOS
© Copyright: Lekhnath Chamber of Commerce and Industry Contact us on facebook: