लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरूका लागि स्वास्थ्य उपचारमा विशेष छुट(WITH MOU)
लेखनाथ, कास्की ।
लेखनाथ उद्योग वाणिज्य संघका सदस्य तथा सदस्यका आश्रितहरूका लागि स्वास्थ्य उपचारमा विशेष छुट सुविधा उपलब्ध हुने भएको छ। संघको सदस्यता परिचयपत्रका आधारमा लेखनाथ सिटी हस्पिटल प्रा.लि., पोखरा महानगरपालिका–२६, बुढ़ीबजार ले आगामी दुई वर्षका लागि विभिन्न स्वास्थ्य सेवा शीर्षकहरूमा छुट प्रदान गर्ने व्यवस्था गरिएको हो।
यस सम्बन्धी सहमति पत्रमा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी र लेखनाथ सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष आकाश बस्नेत बीच आज मिति २०८२ साल असोज ३१ गते हस्ताक्षर गरिएको छ।
सहमति अनुसार संघका सदस्यहरू र तिनका आश्रितहरूले निम्नानुसारको छुट सुविधा प्राप्त गर्न सक्नेछन् –
| स्वास्थ्य सेवा शीर्षक | छुट प्रतिशत |
|---|---|
| ओपीडी टिकट | १५% |
| सामान्य वेड | २५% |
| क्याविन तथा पोस्ट अप | २५% |
| आईसीयू | १०% |
| सर्जरी | १५% |
| ल्याब परीक्षण सेवा | ३०% |
| एक्स-रे / भिडियो एक्स-रे | १५% |
यो सहमति कार्यान्वयनमा आएपछि संघका सदस्यहरूलाई स्वास्थ्य उपचारमा राहत पुग्ने विश्वास लिइएको छ।
📍 लेखनाथ उद्योग वाणिज्य संघ
सदस्यहरूको हित र सुविधाका लागि निरन्तर अग्रसर।


